आइतवार, बैशाख ६, २०८३

बैतडीमा एमाले उम्मेदवारको नाममा पैसा बाढेको आरोपमा भट्ट पक्राउ

बैतडीमा एमाले उम्मेदवारको नाममा पैसा बाढेको आरोपमा भट्ट पक्राउ

बैतडी । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवारको नाममा पैसा बाँड्दै गरेको क्रममा एक जना पक्राउ परेका छन्।
बैतडीको दोगडा केदार गाउँपालिका खाेचलेक क्षेत्रबाट भानदेव भट्टलाई नगदसहित नियन्त्रणमा लिइएको हाे। ।

स्थानीय बासिन्दाको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शंकास्पद गतिविधि देखेपछि भट्टलाई नियन्त्रणमा लिएको हो। उनीसँग रहेको रकम बरामद गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले एक व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाे बताउनुभयाे। पक्राउ परेका भट्टलाई जिल्ला ल्याइदै गरेकाे र उनकाे साथमा कति रकम थियोे भन्ने खुल्न बाँकी छ।

निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा वितरण गरिएको आशंकामा अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

यस घटनाले निर्वाचन क्षेत्रभित्र चासो र चर्चा बढाएको छ।