बुधबार, असार १०, २०८३

नगर बस सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

धनगढी उपमहानगरपालिकाले फूलवारी-धनगढी-अत्तरिया रुटमा नगर बस सञ्चालन गर्दै आएकोमा आगामी आर्थिक वर्षबाट थप चान वटा रुटमा नगर बस सेवा विस्तार गर्ने भएको छ।

धनगढी उपमहानगरपालिकाले आगामी बजेटमै थप चान रुटमा नगर बस सेवा सञ्चालन गर्न आवश्यक तयारी गरेको जनाएको छ l उपमहानगरका ग्रामीण र सहरी क्षेत्रलाई एकापसमा जोडी आर्थिक गतिविधिहरू सञ्चालन गर्दै उपमहानगरबासीको आयआर्जन वृद्धि गर्न नगर बस सेवा विस्तार गर्न लागिएको हो।