धनगढीमा ‘रोयल वेयर्स’ सञ्चालनमा, पुरुष फेसनका लागि नयाँ गन्तव्य
धनगढी — पुरुषहरूको फेसन तथा रेडिमेड कपडालाई लक्षित गर्दै धनगढीमा ‘रोयल वेयर्स’ सञ्चालनमा आएको छ। पुरानो भन्सार नजिक स्थापना गरिएको उक्त पसलको बुधबार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज कुँवर ले उद्घाटन गरेका हुन्।
युवा व्यवसायी हेमराज भण्डारी को नेतृत्वमा सञ्चालनमा आएको रोयल वेयर्सले पुरुषहरूका लागि आधुनिक फेसन, गुणस्तरीय रेडिमेड वेयर तथा आकर्षक कपडाहरू उपलब्ध गराउने जनाएको छ। करिब डेढ दशकदेखि व्यवसाय क्षेत्रमा सक्रिय भण्डारीले अत्तरियाबाट सुरु गरेको आफ्नो व्यवसायलाई विस्तार गर्दै धनगढीमा नयाँ शोरुम स्थापना गरेका हुन्।
करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको रोयल वेयर्समा पछिल्लो फेसनअनुसारका सर्ट, पाइन्ट, टी–सर्ट, जिन्स, फर्मल तथा क्याजुअल वेयरका विभिन्न ब्रान्ड र डिजाइन उपलब्ध हुने जनाइएको छ। ग्राहकलाई गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित सेवा सुरु गरिएको सञ्चालक भण्डारीले बताए।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कुँवरले युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै लगानी गरेर व्यवसाय विस्तार गर्नु प्रेरणादायी कदम भएको बताए। उनले स्थानीय बजार सुदृढ बनाउन र आर्थिक गतिविधि बढाउन यस्ता व्यवसायहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।
रोयल वेयर्सले गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै धनगढीका पुरुष फेसन पारखीहरूको रोजाइ बन्ने विश्वास व्यक्त गरेको छ। नयाँ फेसन र उत्कृष्ट पहिरनको खोजीमा रहेका ग्राहकका लागि रोयल वेयर्स अब धनगढीको नयाँ गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।