बुधबार, असार १०, २०८३

कैलाली कारागारबाट भागेका दास हत्याकाण्डका प्रतिवादी प*क्राउ

धनगढी । जेनजी आन्दोलनका बेला कैलाली कारागारबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अमराज बुढाको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१ को बजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी जानकी गाउँपालिका–९ का २४ वर्षीय सुमित साउद र लागूऔषध मुद्दाका भजनी नगरपालिका–५ बस्ने २३ वर्षीय सुशिल साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए ।

पक्राउ परेका सुुमित कैलालीको चर्चित अर्जुन दास हत्याकाण्डमा अभियुक्त हुन् । उनीहरू गत २४ भदौको जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका थिए ।

प्रहरीले दुवै जनालाई आवश्यक प्रक्रिया पूरा गरेपछि कारागार कार्यालयमा बुझाएको जनाएको छ ।