शुक्रबार, असार १२, २०८३

प्रतिनिधिसभाको बैठक अब आइतबार बस्ने

काठमाडौँ : प्रतिनिधिसभाको आगामी बैठक यही असार १४ गते आइतबार ११ः०० बजे बस्ने भएको छ ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिए। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम बैठकको मिति सार्नुभएको हो ।