शुक्रबार, असार १२, २०८३

पानीको अभावले कैलालीमा रोपाइँ प्रभावित, ३०% मात्र सकियो

धनगढी , १२ असार /  कैलाली जिल्लामा हाल सम्म करिब ३० प्रतिशत रोपाइँ गरिएको छ । असार १५ अथार्त धान दिवस आउन जम्मा ३ दिन बाँकी रहदा रोपाइँ भने अपेक्षाकृत हुन सकेको छैन् ।

पानी नपर्दा रोपाइँ गर्न मोटर लगायतका विद्युतीय यन्त्रको प्रयोग गरी पानी तानेर रोपाइँ गरिरहेको भए पनि बढेको अधिक तापक्रमले गर्दा ‘रोपो’ बचाउन समस्या भएको किसानहरुले बताएका छन् । कैलालीमा ६३ हजार हेक्टर रोपाइँ हुने जमिन मध्ये ३० प्रतिशत रोपाइँ भैसकेको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

सुचना अधिकृत बिष्ट कुनै ठाउँ पानीको समस्या रोपाइँ नभए पनि अधिकाशं कैलाली जिल्लामा सिँचाइ पुगेको छ । सिँचाइ नपुगेको ठाउँमा बोरिङको प्रयो गरेर रापाइँ भैरहेको रोपाइँ गर्न हल्लामा आएको जस्तो समस्या नभएको सूचना अधिकारी बिष्टले जानकारी दिए । विद्युत जाने समस्याले भने केहीँ दुख दिएको बिष्टको दाबी छ ।

यता छिन छिनको विद्युत अवरोधका कारण समस्या भएको बारे घरायसी प्रयोजनको लागि जडान गरेको विद्युत पानी तान्न प्रयोग गर्नाले र गर्मीको समयमा अन्त पनि विद्युत खपत उच्च नै भएका कारणले लोड बढेर पनि उक्त समस्या आएको नेपाल विद्युत प्रादेशिक कार्यालय अत्तरियाका क्षेत्रीय निर्देशक हरि पाण्डले बताए ।

कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले किसानलाई रोपाई गर्न धेरै समस्या भैरहेको बताए । पानी, मलसँगै खेतमा रोपेको ‘रोपो’ जोगाउन पनि थप चुनौतीपुर्ण रहेको कललेलले बताए ।

यता कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बिष्टले भने कैलालीमा केही ठाउँमा बाहेक जिल्लाभर समान्य रुपमा रोपाइँ भैरहेको र असार मसान्त सम्म पुरै ६३ हजार हेक्टरमा रोपाइँ भैसक्ने दाबी गरे । उनले भने प्रि मनसुनमा लागेको पानीले हाल पानी नपर्दा पनि त्यति धेरै समस्या नभएको बताए ।

कैलालीको मोहन्याल र चुरेमा भने रोपाइँ गर्न पानी पर्याप्त रहेको समेत सूचना अधिकारी बिष्टले बताएका छन् ।