शुक्रबार, असार १२, २०८३

आईसिसी विश्वकपका लागि नेपाली टोली

नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्याण्डमा भइरहेकोे आईसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।सन्दीप जोरा, साहब अलाम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्रीलाई रिजर्भमा राखिएको छ । नेदरल्याण्ड र नेपालबीच जुलाईमा खेल हुँदैछ ।