आइतवार, असार १४, २०८३

जन्तर–मन्तरमा सोनम वाङचुकको अनशन, देशभरबाट समर्थन जुट्दै

सामाजिक तथा वातावरणीय कार्यकर्ता सोनम वाङचुकले भारतको दिल्लीस्थित जन्तरमन्तरमा अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् ।

निट यूजी पेपर लिक भएको घटनालाई लिएर कक्रोच जनता पार्टी (सीजेपी) ले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको छ । यो आमरण अनशन यसैको विरोध स्वरूपको भएको बताइएको छ ।

सीजेपीका अनुसार धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म वाङचुकको यो अनशन जारी रहनेछ।

सोनम वाङचुकले आमरण अनशन सुरु गरेपछि, सीजेपीका संस्थापक अभिजित दिपकेले इन्स्टाग्राममार्फत दिल्ली प्रहरीले सहयोग नगरेको आरोप लगाएका छन् ।

अभिजीत दीपकले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सोनम वाङचुकले भोक हडतालको घोषणा गरेपछि, दिल्ली प्रहरीले जन्तर मन्तरमा सरसफाइ सुविधा बन्द गरेको छ । त्यहाँ पानी जडान वा सरसफाइ सुविधा छैन ।’

उनले अगाडि लेखेका छन्, ‘वाङचुकको स्वास्थ्य अवस्थाबारे बारम्बार अनुरोध र चिन्ता व्यक्त गरिए पनि, प्रहरीले सहयोग गरिरहेको छैन । अन्य आधारभूत सुविधाहरू पनि बन्द गरिदिन्छ कि भन्ने हामीलाई डर लागिरहेको छ । प्रहरीले के गर्न खोजिरहेको छ ?’