सोमवार, साउन ११, २०८३

फेसबुक डाउनपछि सेवा पुनः सुरु

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । प्रयोगकर्ताले आइतबार (साउन ३) दिउँसो करिब साढे १ बजेदेखि विशेष गरी डेस्कटप (वेब ब्राउजर)मा फेसबुक खोल्न खोज्दा नखुल्ने समस्या देखिएको थियो । हाल त्यो समस्या समाधान भएको हो ।

फेसबुकका पेज तथा व्यक्तिगत खाता खोल्ने प्रयास गर्दा ‘अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको थियो ।

यो समस्या कसरी आयो भन्नेबारे फेसबुकको मूल कम्पनी मेटाले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।