धनगढी– चिकित्सा शिक्षा सुधार अभियन्ता डा।गोविन्द केसी र सरकारबीच आइतबार धनगढीमा भएको वार्ता निष्कर्षविहीन बनेको छ ।
दुवै पक्षबीच शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, ३०० शय्याको शिक्षण अस्पताल सुरु गर्ने र यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन प्रारम्भ गर्ने विषयमा सहमति भए पनि उपकुलपति र रजिस्ट्रार हटाउने मागमा सहमति जुट्न सकेन ।
डा. केसी पक्षले वर्तमान पदाधिकारीमाथि अनियमितताको आरोप लगाउँदै हटाउनुपर्ने अडान राखेको छ भने सरकार पक्ष तथा केही जनप्रतिनिधिले नेतृत्व परिवर्तनभन्दा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
बाँकी विवाद टुंग्याउन सोमबार बिहान पुनः वार्ता बस्ने तय भएको छ ।