बुधबार, भदौ ३१, २०८३

बाढीपीडितका लागि सहयोगको हात, उद्धारमा निःशुल्क बससेवा

काठमाडौँ: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ।  बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको हो।

उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासङ्घले सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना ( ९८४१७७५७५३)लाई सम्पर्क गर्न अनुरोध गरेको छ।