धनगढी–३, मिलनचोकस्थित श्री राधाकृष्ण भजन सेवा समितिले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगका लागि आर्थिक सहयोग गरेको छ।
समितिले बाढीपीडितहरूको राहत तथा सहयोगका लागि रु. १४ हजार ६ सय ५० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।
विपद्को समयमा प्रभावित तथा पीडित नागरिकको सहयोगका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै समितिले उक्त रकम सहयोग गरेको जनाएको छ।
धार्मिक तथा आध्यात्मिक गतिविधिसँगै मानवीय सेवामा समेत सक्रिय रहँदै आएको श्री राधाकृष्ण भजन सेवा समितिको यो सहयोगले विपद्मा परेका नागरिकप्रति समुदायको सहयोगी भावना र सामाजिक दायित्वलाई थप उजागर गरेको छ।