बुधबार, भदौ ३१, २०८३

भोटेकोशी विपत्तिको ११ दिन : अझै जारी छ खोजी–उद्धार

बाढीपछिका ११ दिन : अहिलेसम्म हामीलाई के थाहा छ ?

भोटेकोशी विपत्तिको आज एघारौं दिन। आज मात्रै त्रिशूली-३ ‘ए’को सुरुङबाट एकजना र बेत्रावतीस्थित घरबाट एक जनाको जीवितै उद्धार गरिएको छ । शुक्रबार पनि दुई जनालाई जीवितै उद्धार गरिएको थियो । अझै पनि खोजी र उद्धारको काम जारी छ । बाढीपछि सम्पर्कविहीन भएकाहरुका परिवारमा आशा अझै बाँकी छ । यो घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्कबाहिर छन् भन्ने एकीकृत विवरण अझै संकलन भइसकेको छैन । सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ । त्यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ ।

हालसम्म फेला परेका शवको संख्या : १,३४४

हालसम्म उद्धार गरिएको संख्या : १३,०९८

सम्पर्कविहीनको संख्या : ५,०००

हालसम्म घाइते संख्या : ५,६६३

सनाखत भई बुझिलिएको शव संख्या : ९६

हालसम्म परिचालित सुरक्षाकर्मीको संख्या : २१,४०२

होल्डिङ सेन्टरमा रहेकाहरूको संख्या : ४,६२७

प्रारम्भिक क्षति अनुमान : ३ खर्ब ८७ अर्ब ५४ करोड