सोमवार, भदौ २९, २०८३

दिपेश शाह होटल एसोसिएसन सुदूरपश्चिमको सदस्यमा चयन

बैतडीको हाेटल निवास हेरिटेजका सञ्चालक दिपेश शाह हाेटल एशाेसिएसन नेपाल सुदूरपश्चिमकाे प्रदेश समिति सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न प्रदेश अधिवेशनले धनगढीकाे रूवस हाेटलका सञ्चालक प्रकाशचन्द्र भट्टकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेकाे थियोे । साेही अधिवेशनबाट शाह पनि कार्य समिति सदस्यमा चयन भएका हुन् ।
शाहले ५ कराेडकाे लगानीमा हालै बैतडी सदरमुकाम गाेठालापानीमा हाेटल निवास हेरिटेज सञ्चालनमा ल्याएका थिए ।