धनगढी । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले धनगढीमा आफ्नो आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । ट्रायम्फ नेपालका आधिकारिक डिलरका रूपमा दीपेश अटो हब प्राइभेट लिमिटेडले धनगढीमा शोरुम स्थापना गरी सेवा सुरु गरेको हो ।
नेपालमा ट्रायम्फ मोटरसाइकलको उपस्थिति विस्तार गर्ने क्रममा धनगढीमा शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिम तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीलाई अन्तर्राष्ट्रिय स्तरका प्रिमियम मोटरसाइकल खरिद तथा बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध हुने भएको छ ।
ट्रायम्फ मोटरसाइकल आफ्नो आकर्षक डिजाइन, उत्कृष्ट इन्जिनियरिङ, आधुनिक प्रविधि र उच्चस्तरीय राइडिङ अनुभवका लागि विश्वभर परिचित छ । धनगढीमा आधिकारिक शोरुम स्थापना भएपछि प्रिमियम मोटरसाइकलप्रति रुचि राख्ने ग्राहकले ब्रान्डका विभिन्न मोडलको जानकारी, खरिद तथा आवश्यक सेवाका लागि स्थानीय स्तरमै सम्पर्क गर्न सक्नेछन् ।
दीपेश अटो हब प्राइभेट लिमिटेडका सञ्चालक श्री दीपेश ओझाले धनगढीमा ट्रायम्फको आधिकारिक शोरुम स्थापना गर्न पाउनु गौरवको विषय भएको बताए ।
“धनगढी र सुदूरपश्चिम नेपालका राइडरहरूका लागि ट्रायम्फ शोरुम स्थापना हुनु ठूलो उपलब्धि हो । हामी उत्कृष्ट बिक्री, सेवा र ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ,” उनले भने ।
त्यस्तै, ट्रायम्फ नेपालका म्यानेजर श्री सागर थापाले ट्रायम्फ मोटरसाइकल केवल सवारी साधन नभई भरपर्दो ब्रान्ड र आत्मविश्वासको प्रतीक भएको बताए । धनगढीको मोटरसाइकलप्रेमी समुदायसँग जोडिन पाउँदा आफूहरू उत्साहित रहेको उनको भनाइ छ ।
धनगढीमा रहेको नयाँ शोरुममा प्रशिक्षित जनशक्ति तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधाको व्यवस्था गरिएको जनाइएको छ । ग्राहकलाई मोटरसाइकल बिक्रीसँगै बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने तयारी गरिएको छ ।
शोरुममार्फत धनगढी तथा वरपरका क्षेत्रका ग्राहकलाई उच्चस्तरीय मोटरसाइकल, भरपर्दो सेवा र ट्रायम्फका ओरिजिनल पार्ट्स सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
शोरुमको ठेगाना तथा सम्पर्क
शोरुम : ट्रायम्फ धनगढी
स्थानीय डिलर : दीपेश अटो हब प्राइभेट लिमिटेड
ठेगाना : चटकपुर, धनगढी
फोन : ९८०७९४८४२९, ९८२९६६२८७०
इमेल : dhangadhi.triumph@gmail.com
वेबसाइट : triumphmotorcyclesnepal.com
ट्रायम्फका प्रिमियम मोटरसाइकल तथा सेवासम्बन्धी थप जानकारीका लागि धनगढीस्थित आधिकारिक शोरुममा सम्पर्क गर्न सकिनेछ ।