सोमवार, भदौ २९, २०८३

रसुवा बाढी : कोरियाले नेपाली सेनालाई दियो शव राख्ने झोला

काठमाडौँ – दक्षिण कोरियाको विदेश आपतकालीन उद्धार टोली (केडीआरटी) ले नेपाली सेनालाई शव राख्ने झोला हस्तान्तरण गरेको छ। नेपाली सेनाको स्थलगत आवश्यकताका आधारमा २६२ थान शव राख्ने झोला आज नेपाली सेनालाई हस्तान्तरण गरेको हो।

हस्तान्तरण गरिएका सामग्री नेपाली सेनाले विपद् प्रतिकार्य तथा क्षति व्यवस्थापनमा प्रयोग गर्ने छ। केडीआरटीले हाल नेपाली सेना लगायत स्थानीय सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै रसुवा क्षेत्रमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

कोइका नेपालले पनि केडीआरटीको स्थलगत कार्य सहज रूपमा सञ्चालन गर्न सहयोग गर्नुका साथै नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै बाढीबाट भएको क्षतिसँग जुध्न सहयोगलाई निरन्तरता दिने जनाएको छ।