काठमाडौं स्थित अमेरिकी दूतावासमा बसेर आजदेखि केही महिनाका लागि बंगलादेशको राजधानी ढाकास्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) मेगन बोल्डिङले पनि काम गर्ने भएकी छन् । नेपालमा आएको बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि अमेरिकी दूतावासले आफ्नो नेतृत्वमा अस्थायी जिम्मेवारी थप गरेको जनाएको छ ।
दूतावासले बोल्डिनलाई काठमाडौंमा स्वागत गर्दै आगामी केही महिनाका लागि ढाकाको कार्यवाहक राजदूतको हैसियतमा यताको दूतावासका नियोग उपप्रमुख (चार्ज डे अफेयर्स) स्कट अर्बमसँगको सहकार्यमा प्रतिकार्य र पुनःस्थापनसम्बन्धी कार्यको नेतृत्व गर्ने जानकारी दिएको छ ।
सन् २०२४ को अगस्टदेखि ढाकास्थित अमेरिकी दूतावासमा उप नियोग प्रमुखका रूपमा कार्यरत बोल्डिनसँग संकट व्यवस्थापन,कूटनीति तथा नेतृत्वको लामो अनुभव रहेको जनाइएको छ । अमेरिकी दूतावासका अनुसार यसअघि उनले युक्रेन,इराक, बंगलादेश तथा वासिङ्टनस्थित अपरेसन सेन्टरलगायतका स्थानमा जिम्मेवारी सम्हालिसकेकी छन् ।
