आइतवार, भदौ २८, २०८३

श्रीद्धि डायग्नोस्टिक सेन्टरमा फिटल मेडिसिनमा नयाँ आयाम थप्दै डा. भोजराज शर्मा

धनगढी । गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था, विकासक्रम तथा सम्भावित जन्मजात असामान्यताको समयमै पहिचान गर्न धनगढीमा अत्याधुनिक प्रविधिसहितको फिटल मेडिसिन सेवा उपलब्ध भएको छ।
धनगढीको अस्पताल लाइनस्थित श्रीद्धि डायग्नोस्टिक सेन्टरमा वरिष्ठ रेडियोलोजिस्ट तथा फिटल मेडिसिन विशेषज्ञ डा. भोजराज शर्माको विशेषज्ञ सेवासहित advanced fetal imaging तथा obstetric ultrasound सेवा सञ्चालनमा ल्याइएको हो।
गर्भावस्थामा शिशुको मस्तिष्क, मुटु, मेरुदण्ड, अनुहार, पेट, हातखुट्टा, placenta तथा रक्तप्रवाहलगायतका संरचनाको आवश्यकताअनुसार विस्तृत मूल्याङ्कन गर्न सकिने जनाइएको छ।
सेन्टरमा Samsung HERA Z20 जस्तो अत्याधुनिक AI-powered ultrasound system प्रयोग गरिएको छ। यस प्रविधिमा रहेका विभिन्न AI-assisted सुविधाले ultrasound image, आवश्यक views, fetal measurements तथा fetal heart imaging जस्ता प्रक्रियामा चिकित्सकलाई सहयोग गर्ने बताइएको छ।
डा. शर्माले MBBS तथा MD Radiodiagnosis गर्नुभएको छ भने fetal imaging तथा fetal medicine सम्बन्धी स्वदेश तथा अन्तर्राष्ट्रिय प्रशिक्षणसमेत लिनुभएको छ। उहाँसँग १२ वर्षभन्दा बढीको specialist clinical तथा academic experience रहेको जनाइएको छ।
श्रीद्धि डायग्नोस्टिक सेन्टरमा NT/NB assessment, detailed fetal anomaly scan, fetal echocardiography, fetal growth assessment, Doppler studies, high-risk pregnancy imaging तथा fetal neurosonography लगायतका सेवा उपलब्ध रहेको बताइएको छ।
विशेषगरी गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्थाबारे थप विस्तृत मूल्याङ्कन आवश्यक पर्ने अवस्थामा आधुनिक imaging प्रविधि र विशेषज्ञ चिकित्सकीय अनुभवले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धनगढी अस्पताल लाइनस्थित श्रीद्धि डायग्नोस्टिक सेन्टरले आधुनिक प्रविधि र विशेषज्ञ सेवामार्फत सुदूरपश्चिममै उन्नत फिटल मेडिसिन सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।