आइतवार, भदौ २८, २०८३

१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार; सेती अस्पतालले आइतबार पनि सेवा दिने

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै असोज १ गतेदेखि आफ्नो सेवा विस्तार गर्ने भएको छ। हाल शनिबार र आइतबार बन्द हुँदै आएको अस्पतालको सेवा अब आइतबारसमेत सञ्चालनमा आउने भएको हो।

अस्पतालले जारी गरेको सूचनाअनुसार असोज १ गतेदेखि आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि, सोमबारदेखि शुक्रबारसम्म बेलुकी ५ बजेपछि विस्तारित सेवा सञ्चालन हुनेछ भने शनिबार सेवा बन्द रहनेछ।

अस्पतालमा बिरामीको संख्या निरन्तर बढ्दै गएपछि उपचार सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले नियमित सेवाको समय विस्तार गरिएको अस्पताल प्रशासनले जनाएको छ।