बिहिबार, अशोज १, २०८३

बझाङमा झलकलाई कुटेर मारेको आरोपमा लोकेन्द्र पक्राउ

बझाङ । बझाङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई स्थानीय लोकेन्द्र जप्रेलले कुटेर मारेका हुन् ।

गत भदौ २२ गते सामान्य विवादमा २८ वर्षीय लोकेन्द्रले झलकलाई बेस्कन कुटेका थिए । कुटाईबाट उनी गम्भीर घाइते भएका उनको आज बिहान उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न लोकेन्द्रलाई नियन्त्रणमा लिइएको छ ।