बिहिबार, अशोज १, २०८३

काम नगरी अनुभव प्रमाणपत्र माग्नेको दबाबले निजी अस्पताल सञ्चालक हैरान

धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाले विभिन्न स्वास्थ्य सेवाका १५१ पदमा करार कर्मचारी माग गरेसँगै आवश्यक कार्यअनुभव प्रमाणपत्र लिन निजी अस्पताल धाउनेको संख्या बढेको छ।विश्वविद्यालयले मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफर र फार्मेसी सहायकलगायत पदमा दरखास्त आह्वान गरेको छ।

सातौँ तहका पदका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको कार्यअनुभव माग गरिएपछि निजी अस्पतालमा काम नगरेका व्यक्तिहरू समेत अनुभव प्रमाणपत्रका लागि अस्पताल सञ्चालकसँग आग्रह गर्न थालेका छन्।

धनगढीका केही निजी अस्पताल सञ्चालकका अनुसार कामै नगरेका व्यक्तिहरूले विभिन्न दबाब र पहुँच प्रयोग गरी अनुभव प्रमाणपत्र माग्दा हैरानी खेप्नु परेकाे बताएका छन् ।