सोमवार, असार १५, २०८३

राहदानी भ्रष्टाचार मुद्दामा पाँचजनालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ, १५ असार :

ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनलाई धराैटीमा छाड्न आदेश गरेकाे छ।विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटी माग गरेको हो ।

विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँचलाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ ।

त्यस्तै अरु कर्मचारीहरू सोमेश थापासँग ३ लाख, विपिन प्रसाईंसँग ३लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।

त्यस्तै तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।