बुधबार, भदौ ३, २०८३

दुर्गा प्रसाईंको घरमा फेरि पुग्यो प्रहरी

काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईंको घरमा फेरि प्रहरी पुगेको छ।

शुक्रबार पनि घरमा पुगेर फर्किएको प्रहरी शनिबार दिउँसो फेरि उनको घर पुगेको हो। प्रहरी किन दिनदिनै पुगेको भन्ने विषयमा भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी दीपककुमार कार्कीले केही खुलाउन चाहेनन्।

उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत हुन्। उनकै आह्वानमा मधेसका विभिन्न जिल्लाबाट पैदलमार्चा गर्दै मिटरब्याज पीडित, सहकारी/लघुवित्त, तथा सुकुम्वासीहरू काठमाडौँमा आन्दोनलका लागि आएका छन्।

यही आन्दोलन आह्वान गरेका कारण उनको घरमा दिनदिनै प्रहरी पुगिरहेको छ। प्रसाईंले आन्दोलनमा सहभागी भएर शान्ति सुरक्षा बिगार्न सक्ने प्रहरीको विश्लेषण छ।

२० दिन पैदलमार्च गर्दै आएका बिहीबार काठमाडौँका पीडितहरू शुक्रबार मानव अधिकार आयोगको कार्यालय अगाडि सडकमा चिउरा खाएर सुतेका थिए।