शनिबार, अशोज २४, २०८३

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त, नयाँ जिम्मेवारी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता निरञ्जनप्रसाद बिष्ट नियुक्त भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ निवासी बिष्ट नेकपा निकट मानिन्छन्।

नवनियुक्त मुख्य न्यायाधिवक्ता बिष्टले आज शपथग्रहण गरी पदभार सम्हालेका छन्। यसअघि नेपाली कांग्रेस निकट मानिने मुख्य न्यायाधिवक्ता ठेकन्द्रराज जोशीले दिएको राजीनामा हिजो स्वीकृत भएपछि प्रदेश सरकारले बिष्टलाई नयाँ मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकारका रूपमा रहने व्यवस्था छ।