शुक्रबार, कार्तिक ७, २०८३

कैलाली–कञ्चनपुरमा खैरो हेरोइनसहित चार जना प*क्राउ

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित चार जना पक्राउ परेका छन्।

कैलालीको भजनी नगरपालिका–३ पडरियास्थित एक घरमा खानतलासी गर्दा ७७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ फेला परेको छ। प्रहरीले उक्त पदार्थसहित स्थानीय २८ वर्षीय हरिप्रसाद डगौरालाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, धनगढी उपमहानगरपालिका–७ मनेहरामा जाँच गर्ने क्रममा १८ वर्षीय एक किशोरको साथबाट ७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका १९ वर्षीय कुशल बिष्टको साथबाट ४५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ फेला परेको छ।प्रहरीका अनुसार तीनवटै घटनामा बरामद गरिएको लागुऔषधसहित पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।