धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धनगढी पुगेका छन्। तीनदिने भ्रमणका लागि भारततर्फ प्रस्थान गर्न उनी धनगढी पुगेका हुन्।
धनगढी विमानस्थलमा लामिछानेको रास्वपा कार्यकर्ताले स्वागत गरेका थिए। लामिछाने श्रीमती निकिता पौडेलसहित तीनदिने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्न धनगढी पुगेका हुन्।
भ्रमणका क्रममा भारतको उत्तराखण्डस्थित नैनीताल, कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ ।