धनगढी– कैलालीको धनगढी वडा नम्बर १३ राजपुरस्थित राजपुर स्पोट्र्स क्लबले सुपर ७ भेटेरन क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित मंसिर १९ गतेदेखि प्रतियोगिता आयोजना गर्ने भएको हो ।
क्लबले खेलकुदमार्फत स्वास्थ्य प्रवद्र्धन र समुदायमा खेलप्रेमी युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागेको जनाएको छ । प्रतियोगिता विशेष नियमावलीअनुसार सञ्चालन गरिने क्लबले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक खेल ६ ओभरको हुनेछ भने एक टोलीमा ७ खेलाडी रहने छन् । ७ जना खेलाडीले १÷१ ओभर बलिङ गर्न पाउने व्यवस्था रहेको आयोजक शंकर गिरीले जानकारी दिए ।
वाइड तथा नो–बलमा २ रन थपिने छ भने ब्याट्सम्यानले १० रन पुगेपछि खेलबाट निवृत हुनुपर्ने, तर अन्तिम विकेट मात्र परे फेरि खेल्न पाउने उनको भनाई छ ।
खेल बराबरी भएमा सुपर ओभर द्वारा निर्णय गरिने र अन्तिम निर्णयको अधिकार अम्पायरलाई रहने छ ।