जापानले पछिल्ला वर्षहरूमा पर्यटनलाई आफ्नो अर्थतन्त्रको नयाँ इञ्जिन बनाउने रणनीति अपनाएको छ । सन् २०२४ मा ४ करोड २७ लाख विदेशी पर्यटक भित्र्याएको जापानले सन् २०३० सम्म वार्षिक ६ करोड पर्यटक पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । तर यो लक्ष्य हासिल गर्न जापानले केवल विमानस्थल,होटल र पूर्वाधार विस्तार गरेर मात्रै पुग्दैन ।
छिमेकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्धलाई पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ । चीन जापानका लागि सबैभन्दा ठूलो सम्भावित पर्यटन बजारमध्ये एक बनेको धेरै वर्ष भइसक्यो । कोभिड १९ महामारीअघि चिनियाँ पर्यटकहरू जापानमा सबैभन्दा बढी खर्च गर्ने विदेशी पर्यटकका रूपमा चिनिन्थे । त्यसैले चिनियाँ पर्यटकको आगमनमा आएको सुस्तताले जापानको पर्यटन उद्योगलाई प्रत्यक्ष असर परेको छ ।
पछिल्ला केही महिनामा ताइवान,पूर्वी चीन सागरको सुरक्षा अवस्था, जापान–अमेरिका सुरक्षा सहकार्य तथा अन्य क्षेत्रीय सुरक्षा मुद्दामा चीन र जापानबीच सम्बन्ध चिसिएको निश्चित हो । जापानले अमेरिकासँग सुरक्षा साझेदारी अझ मजबुत बनाउँदै चीनसम्बन्धी केही संवेदनशील विषयमा कडा अभिव्यक्ति दिँदै आएको छ । बेइजिङको व्याख्यामा जापानको उक्त अभिव्यक्तिले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको उल्लेख छ ।
पछिल्लो समय एउटा कुरा स्पष्ट छ त्यो हो,अर्थतन्त्र र कूटनीति । यो सम्बन्ध आजका दिनमा पहिलेभन्दा धेरै गहिरो रूपमा जोडिएका छन् । छिमेकी मुलुकसँगको सम्बन्धमा आएको सामान्य उतारचढावले विशेषगरी व्यापार,लगानी,पर्यटन र उपभोक्ता विश्वासमा प्रभाव पार्न थालेको छ ।
जापानले ६ करोड पर्यटकको लक्ष्य हासिल गर्न चाहेमा पूर्वाधारमा लगानीसँगै छिमेकी देशहरूसँग विश्वास र सहकार्यको वातावरण पनि बलियो बनाउनुपर्ने यसबाट पुष्टि हुन्छ । यसको विश्लेषण र शिक्षा नेपालजस्तो मुलुकले पनि लिँदा राम्रै हुने पछिल्ला घटनाक्रमले देखाइरहेको छ ।
आजको विश्वमा कूटनीतिक सम्बन्ध सुरक्षा वा राजनीतिक मुद्दा मात्र होइन । यो कुनै पनि मुलुकको आर्थिक समृद्धिको गतिलो आधार बन्दै गएको छ। जापान–चीन सम्बन्धमा देखिएको पछिल्लो सुस्तताले जापानको अर्थतन्त्रमा पारेको असर त्यसको एउटा स्पष्ट उदाहरण्