धनगढी । सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी जानकी देवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।
सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुप प्र ०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले राज्यमन्त्रीको गाडीलाई जरिवाना तिराएको पुष्टि गरे। उनकाअनुसार पहिलो पटकलाई निषेधित समयमा गाडी प्रयोग गरेको कसुरमा पाँच सय रुपैयाँ जरिवाना तिराइएको छ।
सार्वजनिक बिदामा मन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले गाडी चलाएको पाइएको थियो। कैलाली ट्राफिकले यसअघि सरकारी निवासमै हेलमेट बिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत जरिवाना गरेको थियो।