मङ्लबार, भदौ ३०, २०८३

चीनमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्किन सहजीकरण गरिँदै

काठमाडौं । सरकारले चीनमा अलपत्र परेका नेपालीलाई नेपाल फर्किन सहजीकरण गर्दैछ ।

नेपाली राजदूतावास बेइजिङले यस सम्बन्धमा सूचना निकालेको छ ।

जसमा भनिएको छ, ‘… भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण नेपाल चीन सीमा क्षेत्र अवरुद्ध भई चीनमा अलपत्र पर्नुभएका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजीकरणका लागि देहायबमोजिमको ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।’

सूचनामा नेपाली महावाणिज्य दूतावासका ल्हासामा कार्यरत युवराज क्षेत्री, नेपाली दूतावास बेइजिङमा कार्यरत सन्जु महर्जन र राजकुमार साहको नम्बर दिइएको छ ।