शुक्रबार, भदौ १२, २०८३

धनगढीमा बुल व्याकुलोडरको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी ११ भाद्र/ बुल व्याकु लोडरको आधिकारीका बिक्रेता अटोवेजको धनगढीमा बुल व्याकुलोडर मेसिनको ग्राहक भेटघाट तथा निर्माण उपकरणसम्बन्धी जानकारी आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निर्माण तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने BULL ब्रान्डका ब्याकहो लोडर तथा अन्य निर्माण उपकरणका विशेषता, प्रविधि, कार्यक्षमता र सेवाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा BULL Machines को उत्पादन यात्रा, प्रविधिगत विकास र विश्व बजारमा यसको विस्तारबारे प्रस्तुतीकरण गरिएको थियो। सन् १९९७ मा ट्र्याक्टर एटेचमेन्ट उत्पादनबाट सुरु भएको BULL अहिले निर्माण उपकरणको क्षेत्रमा स्थापित ब्रान्डका रूपमा अघि बढेको कम्पनीको प्रस्तुतिमा उल्लेख छ। BULLले भारतमा ब्याकहो लोडरको बजारमा दोस्रो ठूलो ब्रान्डको स्थान हासिल गरेको र मासिक ४१० भन्दा बढी मेसिन उत्पादनरबिक्री गर्ने क्षमतासहित अघि बढिरहेको बटोवेज प्रालीका प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेलले जानकारी दिईन् ।।

कार्यक्रममा BULLका मेसिनहरू कठिन भौगोलिक तथा काम गर्ने अवस्थाका लागि उपयुक्त, कम मर्मत खर्च, सहज मर्मतसम्भार, उच्च उत्पादकत्व र इन्धन दक्षतालाई प्राथमिकता दिएर डिजाइन गरिएको जानकारी दिइएको थियो। कम्पनीका अनुसार मेसिनमा विश्वस्तरीय Carraro axle  तथा transmission, Walvoil valve, Casappa pump, Perkins तथा Kirloskar engine लगायतका कम्पोनेन्ट प्रयोग गरिएका छन्।

ग्राहक भेटघाटका क्रममा निर्माण व्यवसायी तथा मेसिन प्रयोगकर्ताहरूलाई BULLका विभिन्न उपकरण र तिनका बहुउपयोगिताबारे समेत जानकारी दिइएको थियो। ब्याकहो लोडरमा विभिन्न प्रकारका bucket, rock breaker, trench bucket, concrete mixer, forklift लगायतका एटेचमेन्ट प्रयोग गर्न सकिने भएकाले एउटै मेसिनलाई विभिन्न निर्माण कार्यमा उपयोग गर्न सकिने बुल सर्भिस कन्ट्री हेड राकेश पण्डितले जानकारी दिए ।

अटवेजले नेपालमा BULL Machines लाई Pan-Nepal Distributor का रूपमा अघि बढाइरहेको छ। अटवेज सन् २००२ मा स्थापना भएको कम्पनी हो र हाल नेपालका विभिन्न स्थानमा शाखा सञ्जालमार्फत अटोमोबाइल, निर्माण उपकरणलगायतका क्षेत्रमा सेवा दिँदै आएको कम्पनीका महाप्रबन्धक बाबुराम खनालले जानकारी दिए । धनगढी पनि अटवेजको शाखा सञ्जालमा समावेश छ। पोखरा मुख्य कार्यालय रहेको कम्पनीको कर्पोरेट कार्यालय काठमाण्डौमा रहेको छ । अटोवेजको शाखा सञ्जालमा धनगढीसहित वीरगन्ज, नारायणगढ, बुटवल, दाङ, सुर्खेत र इटहरी रहेका छन्। बुल मेसिन्सलाई अटवेजले नेपालभर वितरण गर्ने मुख्य ब्रान्डका रूपमा राखेको छ। कम्पनीको देशभरी सर्भिस र पार्टसको पनि सहजै उपलब्ध गरिएको जनाएको छ ।

कम्पनीले ग्राहकलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा, नवीन प्रविधि र दीर्घकालीन विश्वास निर्माण गर्ने आफ्नो उद्देश्य रहेको जनाएको छ। BULL को मुख्य दर्शनमा पनि गुणस्तरीय उत्पादन तथा सेवामार्फत ग्राहकलाई सफल बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। कम्पनीका पश्चिम क्षेत्र प्रमुख खोमराज पौडेल, क्षेत्रिय प्रबन्धक भिम कार्की, सुदूरपश्चिम प्रदेशका सेल्स ईन्चार्ज प्रविन कार्की र यज्ञ बोहराले सहभागिलाई उपकरणका बारेमा जानकारी गराएका थिए ।