शुक्रबार, भदौ १२, २०८३

रसुवा बाढी : नेपालतर्फ करिब १ सय चिनियाँ बेपत्ता

रसुवाको भोटेकोशी र त्रिशुली नदीमा हिजो बिहान आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनमा पुर्याएको क्षतिबाट कम्तीमा एक सय जना चिनियाँ हराएका छन् । बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले केरुङतर्फ ठूलो संख्यामा जनधनको क्षति भएको जनाउँदै नेपालतर्फ पर्यटन र व्यवसायमा संलग्न करिब १ सय चिनियाँ हराएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता लिन जियानले आजको नियमित पत्रकार सम्मेलनमा भने, ‘हराएका चिनियाँ नागरिकको खोजीका लागि काठमाडौंस्थित दूतावासले नेपाली अधिकारीहरुसँग सूचना र जानकारी आदान प्रदान गरिरहेको छ ।’