शुक्रबार, भदौ १२, २०८३

चितवनमा बाढीले बगाएर ल्याएको श वबाट सुनका गहना चोरी गर्ने दुई जना प*क्राउ

चितवन । तिब्बतबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा चोरी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएको भदौ १० गते बाढीले बगाएर नारायणी नदी किनारमा ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। भाइरल भिडियोका आधारमा अनुसन्धान बढाएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई आज भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा नवलपरासीको विनयी त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर–१ लीला चोक बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ घर भई हाल भरतपुर–२ सुपारी टोल बस्ने ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखेको छ। पक्राउ परेकाहरूविरुद्ध चोरी मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ९प्रहरी उपरीक्षक० रामेश्वर पौडेलले जानकारी दिएका छन्।