रसुवाको सानो भार्खुकी पेमा छन्दोमको परिवारका लागि प्राकृतिक विपत्ति कुनै नौलो र बिरानो शब्द होइन। २०७२ सालको विनाशकारी भूकम्पले घर भत्काएर बास खोसेपछि यो परिवारले एउटा सानो छाप्रोलाई नै आफ्नो संसार बनायो। वर्षौँ बिते, तर त्यो अस्थायी छाप्रो कहिल्यै पक्की घरमा परिणत हुन सकेन। नियतिको खेल, आज त्यही जीर्ण छाप्रो पनि उनीहरूका लागि सुरक्षित छैन।हालै भोटेकोशी नदीमा आएको बाढीले पेमाको परिवारलाई फेरि एकपटक त्रासको भुमरीमा धकेलिदिएको छ। बाढीको आतङ्क यति गहिरो छ कि सानो भार्खुका बासिन्दाहरू रातको समयमा आफ्नै घरमा निदाउन सक्ने अवस्थामा छैनन्। पेमा र उनको परिवारको दिनचर्या पनि फेरिएको छ– दिउँसो उनीहरू त्यही पुरानो छाप्रोमा आउँछन्, तर साँझ परेपछि ज्यान जोगाउन आफन्तको घरमा शरण लिन पुग्छन्।तर, पेमाको मुटुमा गढेको पीडा बासस्थानको असुरक्षामा मात्र सीमित छैन। बाढीले उनीहरूको घरको आँगन मात्रै बगाएन, परिवारको बलियो खम्बा पनि खोसेर लगेको छ। बाढी आएदेखि उनका छोरा बेपत्ता छन्। बुढेसकालको सहारा र परिवारको पालनपोषण गर्ने छोरा नै बेपत्ता भएपछि पेमाको संसार भत्किएको छ। छेउमा सानी नातिनी छिन्, वृद्ध श्रीमान् छन्, तर उनीहरूको आँखामा भविष्यको कुनै तस्बिर छैनस छ त केवल अन्धकार र अनिश्चितता।आफ्नो उजाडिएको संसार सम्झिँदै पेमा भक्कानिन्छिन्, ‘घर छैन। पाल्ने छोरा छैन। कसले पाल्ने अबरु’विपद्पछि नाममात्रका केही राहत सामग्री त गाउँमा पुगे, तर पीडितको वास्तविक घाउमा मलम लगाउन न स्थानीय सरकार पुग्यो, न त कुनै सरकारी प्रतिनिधि नै। आफ्नो भत्किएको मन र असुरक्षित घरको अवस्था बुझिदिन कोही नआएकोमा पेमाको गहिरो गुनासो छ। बेपत्ता छोराको सास वा लासको खोजी गरिदिनुपर्ने र ओत लाग्ने एउटा सुरक्षित घर बनाइदिनुपर्ने बाहेक उनको अरू कुनै ठुलो माग छैन।नी मलिन स्वरमा भन्छिन्, ‘खोज्ने अनि पीडितलाई घर बनाइदिए राम्रो। अरू त केही चाहिएन।’०७२ सालको भूकम्पले भत्काएको घरपछि जेनतेन उभ्याएको त्यही छाप्रोले उनीहरूलाई जीवनको नयाँ सुरुवात गर्न सिकाएको थियो। फरक यति हो– त्यति बेला भूकम्पपछि उनीहरूले त्यही छाप्रोलाई आफ्नो सुरक्षित आश्रय मानेका थिए, तर अहिले बाढीको त्रासले त्यही छाप्रोमा पनि रात बिताउन नसक्ने विवशता छ। विपत्तिको यो क्रूर चक्रबाट पेमाको परिवार कहिले बाहिर निस्केलारु यो अनुत्तरित प्रश्न सानो भार्खुको मौनतामा गुन्जिरहेको छ।