मङ्लबार, भदौ ३०, २०८३

जिउँदै उद्धारपछि ७० लाख चिनियाँको आभार

काठमाडौं । चिनियाँ सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोले ७० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । उक्त भिडियोको कमेन्टमा चिनियाँ नागरिकले नेपाली जनताप्रति आभार व्यक्त गरेका छन् ।

सार्वजनिक भिडियो कमेन्टमा चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेपाली जनताले देखाएको सद्भाव, सहयोग तथा मानवीय व्यवहारप्रति धन्यवाद लेखेका छन् ।

विपदको कठिन परिस्थितिमा नेपाली जनताबाट व्यक्त सहयोग र सद्भावले दुई देशका नागरिकबीचको आपसी सम्बन्ध तथा मित्रतालाई थप बलियो बनाएको जनाउँदै चिनियाँहरूले प्रशंसा गरेका छन्।