मङ्लबार, भदौ ३०, २०८३

७७ जिल्लामा जय नेपाल पार्टीका केन्द्रीय प्रतिनिधि

काठमाडौं । जय नेपाल पार्टीले असोज महिनाभित्र देशका सबै ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने भएको छ । गत भदौ ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टीले जिल्ला तहमा संगठन विस्तार तथा तदर्थ समिति गठनका लागि केन्द्रीय सदस्यहरू सम्मिलित टोली परिचालन गरेको हो ।

सचिवालय प्रमुख सगुनसुन्दर लावतीद्वारा जारी विज्ञप्तिअनुसार ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी विभाजन गरिएको छ ।

तोकिएका प्रतिनिधिहरूले असोज मसान्तभित्र सम्बन्धित जिल्लाहरूमा पुगेर तदर्थ जिल्ला कार्यसमिति गठनको काम सम्पन्न गर्नेछन् ।