मङ्लबार, भदौ ३०, २०८३

भारतमा चौधरीको चाउचाउमाथि एक्सन, कारखाना बन्द गर्न आदेश

काठमाडौं । भारतको खाद्य सुरक्षा निकायले सिजी फुड्स इण्डिया प्रालिमाथि कारबाही अघि बढाएको छ ।

राजस्थानको अजमेरस्थित कारखानामा अनुगमन गर्दा भुइँमा खसेको चाउचाउ उत्पादनमा प्रयोग गरेको, मिति धाँधली गरेको र इजाजतपत्रबिना उत्पादन गरेको पाइएको हो । सरकारी निकायका अनुसार कम्पनीले ‘फुड सेफ्टी एण्ड स्ट्यान्डर्ड्स एक्ट, २००६’ को उल्लंघन गरेको छ ।

अनुगमनका क्रममा १ हजार ९२५ बाकस म्याद गुज्रेको चाउचाउसमेत बरामद गरिएको छ । प्रयोगशाला परीक्षणका लागि चाउचाउ र तेलको नमूना संकलन गरिएको छ । नियामक निकायले कम्पनीलाई अनुमतिबिना उत्पादन बन्द गर्न निर्देशन दिएको छ । प्रयोगशाला रिपोर्टपछि थप कारबाही गरिने जनाएको छ ।