शनिबार, असार १३, २०८३

नागरिकको सुरक्षाको पहिलो प्राथमिकता हुनुपर्छ :- मुख्यमन्त्री शाह

असार १३, धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन्।

शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जिउधन र राज्यको सुरक्षामा सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भुमिका हुनेमा जोड दिए ।

मुख्यमन्त्री शाहले “राज्यका सबै निकायबीच समन्वय र सहकार्य भयो भने मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिने बताएका छन्।

जनताको सुरक्षालाइ केन्द्रविन्दुमा राखेर काम गरे मात्रै नागरिकको भरोसा जित्न सकिने स्पष्ट पार्दै मुख्यमन्त्री शाहले सरकार र नेपाल प्रहरीबिचको आपसी समन्वय र सहकार्य अति आवश्यक रहेको बताए ।

उनले अपराध अनुसन्धानका क्षेत्रमा देखिएका कमजोरी सुधार गर्दै प्रदेशभर एकरूप कार्यशैली विकास गर्नुपर्नेमा जोड दिए। नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी, व्यावसायिक तथा नतिजामुखी बनाउन स्पष्ट रणनीति तय गरी कार्यान्वयन गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ थियो।