शनिबार, असार १३, २०८३

आमाको अन्तिम पुकार : ११ वर्षीया सिमरनलाई क्यान्सरबाट बचाइदिनुहोस्’

धनगढी, १३ असार / कञ्चनपुरको बेदकोट नगरपालिका-२ निवासी बसन्ती पन्तका लागि अहिले जीवनको सबैभन्दा ठूलो संघर्ष आफ्नी ११ वर्षीया छोरी सिमरन पन्तलाई बचाउने बनेको छ। विगत डेढ वर्षदेखि सिमरन भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी छन्।

छोरीको उपचारका लागि बसन्तीले आफ्नो भएको जायजेथा बेचिसकेकी छन्। उपचारमा सक्दो प्रयास गरिरहेकी उनी अहिले आर्थिक रूपमा पूर्ण रूपमा थलिएकी छन्। श्रीमानले वर्षौँअघि नै साथ छोडेपछि एक्लै छोरी हुर्काउँदै आएकी बसन्तीमाथि अहिले छोरीको क्यान्सरले थप पीडा थपेको छ।

उपचार अझै जारी राख्नुपर्ने भए पनि आर्थिक अभावले उनलाई थप कठिनाइमा पारेको छ। चितवन पुगेर उपचारलाई निरन्तरता दिनुपर्ने अवस्था रहेकाले उनले सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेकी छन्।

‘म हार मानेकी छैन, जसरी पनि छोरीलाई बचाउन चाहन्छु,’ भन्ने आमाको यो आग्रह अहिले सबैका लागि मानवीय सहयोगको परीक्षा बनेको छ। सिमरनको जीवन रक्षा गर्न इच्छुक व्यक्ति तथा संघ-संस्थालाई सक्दो आर्थिक सहयोग गरिदिन बसन्ती पन्तले भावुक अनुरोध गरेकी छन्।

आर्थिक सहयोगका लागि :-