शनिबार, असार १३, २०८३

कञ्चनपुरमा तरबुजाको बिउ सहित ट्रक बरामद

कञ्चनपुर , १३ असार / कञ्चनपुरमा सशस्त्र प्रहरीले २ सय क्विन्टल बढी वाटर मेलन सिड्स (तरबुजाको बिउ) सहित ट्रक बरामद गरेको छ ।

शुक्रवार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा गुल्म गड्डाचौकी र देबिस्थानबाट खटिएको गस्ती टोलीले दोधार चाँदनी नगरपालिका- १ फोरलाइन क्षेत्रबाट तरबुजाको बीउ सहित ट्रक बरामद गरेको हो ।

फोरलाईन इलाकामा महेन्द्रनगर बाट दोधारा तर्फ जाँदै गरेको ना ८ ख १९९४ नम्बरको ट्रकमा २ सय क्विन्टल २० किलो तरबुजाको बीउ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी कञ्चनपुरका अनुसार ३३ लाख ३ हजार ४ सय मूल्य बराबरको बीउ र ३० लाखको ट्रक सहित ६३ लाख बढी मूल्य बराबरको समान भन्सार कार्यालय गड्डाचौकी पुर्‍याई थप अनुसन्धान भइरहेको छ ।